विचलनलाई सम्बोधन गर्न ईभीको कर बढाइयो, ३५३ प्रतिशत कर भएको फोसिल फ्यूलसँग तुलना हुँदैन

काठमाडौं । सरकारले इलेक्ट्रिक सवारी (ईभी) मा बढाइएको करको बचाउ गरेको छ। आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका सम्बन्धमा जानकारी दिन बुधबार अर्थमन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा ईभीमा देखिएको विचलनलाई सम्बोधन गर्न करका दर हेरफेर गरिएको राजस्व सचिव रामप्रसाद घिमिरे बताए।

‘तथ्यांकका आधारमा ५० किलोवाटदेखि १०० किलोवाट क्षमताका ईभी धेरै आयात भएको छ। अलिकति विचलन भएको जस्तो लागेको छ। त्यसमा रिभ्यू गरेका हौं,’ राजस्व सचिव घिमिरेले भने।

ईभीलाई सरकारले प्रोत्साहन र प्रमोशन गरिरहेको छ। फोसिल फ्यूलका सवारीमा ३५३ प्रतिशतसम्म कर लाग्छ। ईभी र फोसिल फ्यूलका सवारीबीच कुनै तुलना नहुने उनले बताए।

छिमेकी मुलुकहरुले ईभीमा लगाउने करका दर अध्ययन गरेर मुलुक सुहाउँदो नीति लिएका छौं।

‘सुरुवाती चरणमा उत्साहित भएर ईभीमा कम कर राखिएको हो। कुनै समयमा यसलाई करेक्सन गर्नु पर्छ भनेर अहिले गरिएको हो। ईभीको प्रयोग र उपयोगिताका सन्दर्भमा हामीले प्राथमिकता दिएका छौं,’ उनले भने।

पछिल्लो समय ईभीमा देखिएको विचलनलाई सम्बोधन गरिएको उनी बताउँछन्। ईभीलाई प्रोतसाहन र प्रमोशन गर्ने सन्दर्भमा सरकारको नीति परिवर्तन नभएको उनको दाबी छ।

आर्थिक विद्येयक मार्फत सरकारले ईभीको भन्सार महशुल २० प्रतिशत विन्दुसम्मले बढाएको छ।

५० किलोवाट क्षमताको ईभीमा ५ प्रतिशत विन्दुले भन्सार महसुल बढाइएको छ भने यस अन्त शुल्क लाग्ने गरेको थिएन। यसबाट पाँच प्रतिशत अन्तःशुल्क थप गरिएको छ।

यस्तै ५१ देखि १०० किलोवाट क्षमताको ईभीमा ५/५ प्रतिशत विन्दुले भन्सार र अन्तशुल्क थप गरिएको छ।

१०१ देखि २०० किलोवाट क्षमताको ईभीमा भन्सार दर १० प्रतिशत विन्दुले बढाउँदा अन्तशुल्क भने यथावत राखिएको छ।

२०१ देखि ३०० किलोवाट क्षमातको ईभीमा भन्सार महशुल २० प्रतिशत विन्दुले बढाइएको छ भने अन्तशुल्क १० प्रतिशत विन्दुले घटाइएको छ।

यस्तै किलोवाट क्षमातको ईभीमा पनि भन्सार २० प्रतिशत विन्दुले बढाउँदा अन्तशुल्क भने १० प्रतिशत विन्दुले घटाइएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार