एनएमबि बैंकको नयाँ अटो लोन योजना : ७.१३% ब्याजदरमा व्यतिगत सवारि साधन

काठमाडौं । एनएमबि बैंकले नाडा अटो शो र आउने चाडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरूले केवल ७.१३% को आकर्षक ब्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यतिगत सवारि साधन किन्न सक्ने बैङ्कले जनाएको छ  । बैंकले यो योजना सीमित अवधिका लागि मात्र ल्याएको छ र आवेदन प्रक्रिया सहज र लचिलो बनाईएको जनाएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने  ग्राहकहरुका लागि, एनएमबि बैंकको यो अफर राम्रो  अवसर हुने बैङ्कले जनाएको छ  ।

एनएमबि बैंकले यो अफर मार्फत वातावरण मैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग गर्ने लक्ष्य लिएको जनाएको छ  । बैंकले  दिगो विकासमा टेवा पुऱ्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवाहरु उपलब्ध गराउने प्रतिबद्धता रहेको बताएको छ  ।

बैङ।कले ल्याएको यो अफरबार  थप जानकारी एनएमबी बैंकको नजिकको शाखा वा नाडा अटो शोमा रहेको एनएमबी बैंकको स्टल नं E-24 मा बैंकको तर्फवाट उपस्थित हुने प्रतिनिधि मार्फत लिन सकिने बैङ्कले जानकारी दिएको छ  ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार