काठमाडौं । एनएमबि क्यापिटलद्वारा सञ्चालित २ वटा म्युचुअल फन्डहरुले लाभाशं दिने भएका छन् । एनएमबि-५० र एनएमबि सुलभ इन्भेष्टमेन्ट फन्ड २ ले गत आर्थिक वर्षको लागि प्रतिफल घोषणा गरेका छन् ।
यी दुबै फन्डहरुले करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने भएका हुन् । लाभांश प्रयोजनार्थ दुबै फन्डहरुले भदौ १३ गते बुकक्लोज गर्ने भएका छन् । भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् ।

