संघीय संसद्का दुबै सदन सहित पाँच संसदीय समितिको बैठक बस्दै,प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभा सहित चार ससदीय समितिको बैठक बस्दैछ । आजको प्रतिनिधि सभा बैठक दिनको १ बजे बस्न लागेको छ।  भने राष्ट्रिय सभा बैठक १२.१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन त्।यसैगरि आजको बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साह सुडीलेः-“बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत प्रस्तुत गर्ने । र “मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।

आजको राष्ट्रिय सभा बैठकको कार्यसूची तय भएको छैन ।

आजको प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिको बैठक ११ बजे बस्न लागेको छ बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुने छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ८ बजे बस्न लागेको छ  । बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल, हुनेछ ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बठठक बस्न लागेको छ बैठकमा संघीय निजामति सेवा विधेयक,२०८० माथि दफावार छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा जेष्ठ जानरिककको जीवन सुरक्षित,गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नु पर्ने भन्ने बिषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयन सम्बन्धमा मन्त्रीसँग छलफल हुनेछ । भने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको आर्थिक बर्ष २०८२?०८२ को बार्षिक प्रतिबेदन तथा आर्थिक बर्ष २०८२?०८३ को बार्षिक कार्ययोजनाको मस्यौदामाथि छलफल हुने कार्यसुची तय भएको छ  ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार