१६ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बुधबारका लागि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाला सुनको मुल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेको छ । यो सँगै बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँ तोकिएको छ ।
मंगलबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६५ हजार ८९५ रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको छ ।
यो सँगै बुधबार चाँदी प्रतितोला २ हजार २५५ रुपैयाँ तोकिएको छ । मंगलबार चाँदी प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदी प्रति १० ग्रामको मूल्य भने १ हजार ९३३.५० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार