RE
Global College

बजेट नहुँदा ५ वटा पुल निर्माण हुन सकेन

गोदावरी । बजेट अभावका कारण हुलाकी सडक आयोजना अन्तर्गतका ५ वटा पुल निर्माणमा ढिलाइ भएको छ ।

हुलाकी सडक आयोजना कार्यालयका अनुसार धनगढीमा २ वटा पुल निर्माण तोकिएको म्यादमा सम्पन्न नभएका हुन् । ती पुल निर्माण सम्पन्न गर्ने म्याद दुई वर्ष थप गरिए पनि ६५ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ ।

धनगढी उपमहानगरपालिका–१ र २ जोड्ने र वडा नं १ र ८ जोड्ने खोलामा २५र२५ मिटर लम्बाइका दुई पुल ३० महिनामा सम्पन्न गर्ने गरी २०७८ फागुन १९ गते ३० रु आठ करोड २३ लाख ७३ हजारमा मालिका निर्माण सेवा प्रालिसँग सम्झौता भएको थियो ।

सुरुमा निर्माण कम्पनीले ढिलाइ गरेको र पछिल्ला वर्षमा बजेट अभावमा ती पुल निर्माणमा ढिलाइ भएको हुलाकी सडक आयोजना कार्यालय धनगढीले जनाएको छ ।

त्यसैगरी, कञ्चनपुरको पुनर्वास नगरपालिकामा पर्ने डोङ्डा नदीमा पुल बनाउन २०७९ असार ५ गते शान्ति निर्माण सेवा प्रालिसँग २०८२ पुस गते सम्पन्न गर्ने गरी रु ३३ करोड ५५ लाख ३३ हजारमा ठेक्का सम्झौता भएको थियो । तीन वर्षमा पुलको दुई पिलर हाल्ने काम मात्रै भएको छ । सो पुलको ३० प्रतिशत मात्रै भौतिक प्रगति भएको आयोजना कार्यालयले जनाएको छ ।

कञ्चनपुरको बेलौरी–दैजी खण्डको टिसिएन खोलामा आरसिसि बक्स कल्भर्ट बनाउने ठेक्का लागेको थियो । मालिका निर्माण सेवाले नै रु तीन करोड १२ लाख ६९ हजारमा २०८० वैशाख १७ गते ठेक्का लिएकोमा ९० प्रतिशत काम सम्पन्न गरेको छ ।

कञ्चनपुरकै अम्खोइया खोलामा आरसिसी बक्स कल्भर्ट निर्माणका लागि २०८० साउन १ गते नीरज भौनेली श्रीयाज जेभीसँग ३ करोड २७ लाख ७६ रुपैयाँ ठेक्का लिएकोमा ७० प्रतिशत काम सम्पन्न भएको छ । यो ठेक्काको सुरु म्याद २०८१ असोज ३० गते सकिएको छ ।

निर्माणाधीन यी पुलको ठेक्काका लागि थप गरिएको म्याद पनि असारमा सकिएको आयोजना कार्यालय धनगढीका इञ्जिनियर रमेश पन्तले बताए।

NECO

Leave Your Comment

Related News