काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडको साधारण सभा २०८२ साल भाद्र महिना २९ गते बि.एल.सी सभा कक्ष थापाथली, काठमाडौंमा बस्ने भएको छ ।
साधारणसभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन आ.व. २०६१/०६२ उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०६१/०६२ को कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने । कम्पनी ऐन, २०६३ दफा १११ अनुसार आर्थिक वर्ष २०६२/०८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तय भएको छ । आ.व. २०८१/०८२ को मुनाफाबाट लाभांश वापत ४० प्रतिशत बोनस शेयर वितरण गर्ने र सो बापत लाग्ने कर रकम नगद लाभांशबाट कट्टा गर्ने , जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणका लागि जारी गर्ने । बोनस शेयर जारी पश्चात आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव रहेको छ ।
त्यसैगरि साधारणसभाले आ.ब. २०६१ / ०८२ को मुनाफाबाट बोनस शेयरको कर प्रयोजनका लागि २.१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने र आगामी कार्यकालको लागि संचालकहरुको निर्वाचन गर्ने छ ।
साधारण सभाले साधारण शेयर निस्काशनका लागि सञ्चालक समितिको निर्णयबाट नियुक्त भएका निस्काशन प्रबन्धकको नियुक्ति अनुमोदन गर्ने कार्यसूची तय गरेको छ ।

