काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मुल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको छ । यो सँगै आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ तोकिएको छ ।
बिहीबार भने सुनको मूल्य प्रतितोला १ लाख ९५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबारका लागि छापावाला सुन १० ग्रामको मूल्य १ लाख ६९ हजार ३२५ रुपैयाँ तोकिएको छ ।
महासंघका अनुसार बिहीबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेको छ । यो सँगै आइतबार चाँदी प्रतितोला २ हजार ३५० रुपैयाँ तोकिएको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदी प्रति १० ग्रामको मूल्य भने २ हजार १५ रुपैयाँ तोकिएको छ ।

