काठमाडौं । गत वर्ष विप्रेषण आप्रवाह (रेमिटेन्स) १९.२ प्रतिशतले बढेको छ । केन्द्रीय बैंकको तथ्यांक अनुसार गत असारमसान्तसम्म १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो । यता, अमेरिकी डलरमा विप्रेषण आप्रवाह पनि १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेको थियो ।
२०८१ असारमसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भई २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असारमसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असारमसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

