प्रधानमन्त्री ओली र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो।

नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति सुआन नेपाल आएकी हुन्।

उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आइपुगेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार