RE
Global College

प्रि आइपीओको विषयलाई लिएर धितोपत्र बोर्डले जारी गर्यो यस्तो सूचना

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्रि आइपीओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री नगर्ने/ नगराउने सम्बन्धमा सूचना जारी गरेको छ । बोर्डले सोमबार एक  सूचना जारी गर्दै प्रि आइपीओ नाम दिई सर्वसाधारणलाई सेयर बिक्री नगर्न/नगराउन भनेको छ ।

‘प्रचलित कानूनमा प्रि आइपीओ सम्बन्धी कुनै व्यवस्था नरहेको र धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा २९ को उपदफा (१) मा संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरुलाई धितोपत्र बिक्री वितरण गर्ने भएमा त्यस्तो धितोपत्र बिक्री वितरणको निमित्त सार्वजनिक निष्काशन गर्नु पर्नेछ भन्ने व्यवस्था रहेको व्यहोरा सबैमा जानकारी गराउँदै बोर्डबाट अनुमति प्राप्त नगरी सार्वजनिक रुपमासंगठित संस्थाको सेयर खरिद÷बिक्री सम्बन्धी कार्य नगर्न÷नगराउन सूचित गरिन्छ ।

यसरी धितोपत्र सम्बन्धी ऐन, २०६३ ले गरेको व्यवस्था विपरितका यस्ता कार्यहरु दण्डनीय भएकोले यस्ता क्रियाकलापमा संलग्न नहुन सबैलाई सजग गराउँदै सम्पूर्ण लगानीकर्तालाई यस्ता कार्यमा सहभागी नहुन बोर्ड अनुरोध गर्दछ’ सूचनामा उल्लेख छ ।

NECO

Leave Your Comment

Related News