श्री एयरलाइन्सले आइपीओ जारी गर्ने

काठमाडौं । श्री एयरलाइन्स लिमिटेडले आइपीओ प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । सभा असोज २ गते यसकम्पनीको रजिष्ट्रर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

कम्पनीले सभामा आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् । साथै, १० प्रतिशत लाभांश प्रस्ताव पनि पेश हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार