मुक्तिनाथ म्युचुअल फन्ड-१ घाटामा

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्ड-१ ले चालु आर्थिक वर्षको साउन महिनामा ८४ लाख २६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत असारमा फन्डले ७ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

सार्वजनिक भएको रिपोर्ट अनुसार यस फन्डको न्याभ १०.५२ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १०.५८ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ५ करोड ७४ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ९७ करोड ५७ लाख लगानी गरेको थियो  । बैंक मौज्दातमा ३ करोड २९ लाख रुपैयाँ रहेको छ । मुद्दतिमा खातामा ६ करोड रुपैयाँ जम्मा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार