काठमाडौं । बुधबार सुनको मूल्यमा प्रतितोला १ लाख ९९ हजार रुपैयाँमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ ३ सय रुपैयाँ बढेको हो । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य बुुधबार घटेसंगैँ २ हजार ३ सय ४५ मा कारोबार भईरहेको छ । मंगलबार चाँदीले नयाँ रेकर्ड बनाएको थियो । सो दिन चाँदी तोलाको २ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो ।

