आज दिउँसो चार प्रदेशमा मध्यमखालको बर्षा हुने

काठमाडौं । जल तथा मौसम बिज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको महाशाखाले जनाएको छ ।

मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भु-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशको तराइ साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राती देशभर साधारणतया बदली रहनेछ । देशका पहाडी भू-भागका धेरै स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको पहाडी भू-भाग साथै लुम्बिनी प्रदेश र कोशी प्रदेशकाे तराइका भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा उल्लेख छ  ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार