काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलका ६ वटा म्युचुअल फन्डहरुले चालु आर्थिक वर्षको पहिलो महिना अर्थात, साउन महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये सनराइज फर्स्ट म्युचुअल फन्डले चालु आर्थिक वर्षको साउन महिनामा ४ करोड ९३ लाख नाफा कमाएको छ । गत असारमा फन्डले १५ करोड ७० लाख रुपैयाँ नाफा कमाएको थियो ।
सार्वजनिक रिपोर्ट अनुसार फन्डको न्याभ ११.९९ रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.९१ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ६६ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ८२ करोड ६७ लाख लगानी गरेको थियो । बैंक मौज्दातमा २६ करोड ४५ लाख रुपैयाँ रहेको छ ।
यता, सनराइज ब्लुचिप फन्डले चालु आर्थिक वर्षको साउन महिनामा १ करोड ८ लाख नाफा कमाएको छ । गत असारमा फन्डले ९ करोड ५६ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार फन्डको न्याभ १०.१० रुपैयाँ छ । अघिल्लो महिना न्याभ ११.९५ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब १८ करोड रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब ३४ करोड रुपैयाँ लगानी गरेको थियो । बैंक मौज्दातमा २ करोड २० लाख रुपैयाँ रहेको छ ।
सनराइज फोकस्ड इक्विटी फन्डले चालु आर्थिक वर्षको साउन महिनामा ८ करोड रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले २० करोड ९२ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १२.१९ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.१३ रुपैयाँ थियो । यसफन्डले सूचीकृत कम्पनीको सेयरमा ८८ करोड ८९ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले १ अर्ब १ करोड रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ३३ करोड १५ लाख रुपैयाँ रहेको छ ।
लक्ष्मी उन्नति कोषले चालु आर्थिक वर्षको साउन महिनामा २ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको छ । गत असारमा फन्डले १५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १२.४६ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.४६ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ५३ करोड ६१ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ६३ करोड २८ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा २७ करोड ६ लाख रुपैयाँ रहेको छ ।
शुभ लक्ष्मी कोषले चालु आर्थिक वर्षको साउन महिनामा १३ लाख २८ हजार रुपैयाँ नाफा कमाएको छ । गत असारमा यस कोषले ७ करोड ९० लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.८५ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.३८ रुपैयाँ थियो । यस फन्डले सूचीकृत कम्पनीको सेयरमा ३६ करोड ३७ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ३७ करोड ५१ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ८ करोड ८५ लाख रुपैयाँ रहेको छ ।
लक्ष्मी भ्यालु फन्ड-२ ले चालु आर्थिक वर्षको साउन महिनामा ५ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । गत असारमा यस फन्डले १५ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको थियो । रिपोर्ट अनुसार यसको न्याभ १०.७७ रुपैयाँ छ । अघिल्लो महिना न्याभ १२.१४ रुपैयाँ थियो । फन्डले सूचीकृत कम्पनीको सेयरमा ७४ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना यसले ८४ करोड ८७ लाख रुपैयाँ लगानी गरेको थियो । फन्डको बैंक मौज्दातमा ११ करोड ४० लाख रुपैयाँ रहेको छ ।

