मन्त्री दहालद्वारा सडक आयोजना कार्यालय भवन उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिहीबार झापाको दमकमा निर्मित सडक आयोजना कार्यालयको उद्घाटन गरेका छन् । मन्त्री दाहालले काँकडभिट्टा-लौकही सडक योजना (पूर्वी खण्ड), दमक, झापाको नवनिर्मित कार्यालय भवनको उद्घाटन गरेका हुन् ।

त्यसक्रममा मन्त्री दहालले निर्धारित समय भित्रनै सडक विस्तारको काम सक्न निर्देशन समेत दिए । योजना कार्यालयका प्रमुख सुनिलबाबू पन्तका अनुसार आयोजना सम्पन्न भएपछि सो भवन सडक डिभिजन कार्यालयलाई हस्तान्तरण हुनेछ ।

कार्यक्रममा सडक विभागका महानिदेशक डा विजय जैशी, ए डी बि परियोजना प्रमुख चुडाराज ढकाल लगायत विभागका अधिकारीहरुको सहभागीता रहेको थियो । ८ करोड ७ लाख रुपैयाको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार