काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा युनाइटेड अजोड इन्सुरेन्सको २१ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । कम्पनीले गत वर्ष सेयरधनीलाई वितरण गरेको १० प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।
युनाइटेड अजोड इन्सुरेन्सको बोनस सेयर सूचीकृत

