काठमाडौं । माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेकाे छ । शुक्रबार बसेकाे संचालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई करसहित ४ प्रतिशत नगद र ४ प्रतिशत बोनस सेयर गरी जम्मा ८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृती र आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात बैंकले सेयरधनीलाई लाभांश वितरण गर्नेछ ।

