एशियन थाई फुुड्सको डेभिल्स हट चिकेन नुुडल्स सार्वजानिक

काठमाडौं । एशियन थाई फुुड्सले डेभिल्स हट चिकेन नुुडल्स सार्बजनिक गरेको छ । कम्पनीले  राजधानीमा  एक कार्यक्रमका बिच  सो उत्पादन  सार्बजनिक गरेको हो । कम्पनीले  आफ्नो उत्पादन  नेपालका सबैभन्दा स्वादिष्ट मसालेदार नुडल्स  भएको जनाउदै  आजदेखि देखि बजारमा बितरण गर्ने घोषणा गरेको हो।

पाँच वर्षदेखिको लगातार सबैभन्दा दूलो नुडल्स निर्यातकर्ता एशियन थाई एड्स, जसले ३० भन्दा बढि देशहरूमा निर्यात र्गदै आएको  छ ।  कम्पनीको  २५ वर्षको सुन्दर इतिहास बोकेको  थाई फुुड्सका निर्देशक आशिष जाजुले बताए ।

मसालाको सन्तुलन र स्वाद खोज्ने जो कोहीलाई लक्षित गरी तयार गरिएको यो नुडल्स मा सन्तुलित मसालेदार स्वाद र स्वादिलो मिश्रण रहेको र उच्च गुणस्तरको नुडल्स भएको उनको  भनाई छ । कम्पनीले ग्राहकलाई सामान मात्र नबेच्ने मुनाफा पनि बितरण गर्न आईपीओ जारी गर्न बिक्रि प्रबन्धक र ब्।याबस्थापलक नियुक्त गर्न हस्ताक्षर गरिएको र निकट भबिश्यमा सर्वसाधरनको लागि आइपि आउने कम्पनीका महेश जाजुले बताएका थिए ।

सार्वजनिक  गरिएको नुडल्स प्रति प्याकेट ५० र फ्याम्ली प्याक २५० मा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रत्येक प्याकमा चकलेट वेफर पनि रहेको छ ।यो भाटभटेनीलगायत ठुुला खुदरा पसलहरूमा र दरान जस्ता अनलाइन प्लेटफर्महरूमार्पत नेपालका सबै ठुुलो सहरहरूमा सजिलै उपलब्य हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार