काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.०३ अंकले बढेर २७६१.८६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले बढेर ४७६.३८ विन्दुमा पुगेर बन्द भएको छ । फलोट इन्डेक्स १.१८ अंकले र सेन्सेटिभ इन्डेक्स १.४८ अंकले घटेको हो ।
सोमबार ३२६ वटा कम्पनीको १ करोड १४ लाख ४० हजार ८४४ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ५ अर्ब १० करोड ५७ लाख पुगेको छ । जुन आइतबारको तुलनामा ९५ करोड ६१ लाखले कम हो ।
आइतबार ३२१ वटा कम्पनीको १ करोड ४८ लाख ५ हजार ५६९ कित्ता शेयर खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ६ करोड १८ लाख पुगेको थियो ।
यसदिन बजार पुँजीकरण रकम ४६ खर्ब १७ अर्ब १० करोड रहेको छ ।
सोमबार १४३ वटा कम्पनीकोे शेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ । यस दिन सम्पूर्ण ११ वटा समूह बढ्दा २ वटा समुह घटेको छ । वाणिज्य बैंक २१, विकास बैंक ३०, वित्त ३, होटल पर्यटन ३०, जलविद्युत ३, लगानी ०.२०, जीवन बीमा ०.५९, उत्पादन र प्रशोधन २८, लघुवित्त १४, म्युअुचल फण्ड ०.०३ र निर्जीवन बीमा ३७ अंकले बढ्दा व्यापार ३५ र अन्य समूह ०.९७ अंकले घटेको हो ।
\यस दिन रकमको आधारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुमा नेपाल रिइन्स्योरेन्स,एभरेष्ट बैंक, हिमालयन डिष्ट्रलरी, इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड र कुमारी बैंक लिमिटेड रह्यो । नेपाल रिइन्स्योरेन्सको २८ करोड ८ लाख,एभरेष्ट बैंकको २४ करोड ४४ लाख, हिमालयन डिष्ट्रलरीको २१ करोड ८१ लाख , इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको २० करोड ९५ लाख र कुमारी बैंक लिमिटेडको १७ करोड ९५ लाख बराबर कारोबार भयो ।

