काठमाडौं । प्रतिष्ठित टाइल ब्रान्ड कजारियाले काठमाडौंको जोरपाटीमा एक अत्याधुनिक शोरूम स्थापना गरेर नेपालमा आफ्नो उपस्थिति अझ बलियो बनाएको छ। जिएनएस ट्रेडर्स द्वारा सञ्चालित यस नयाँ सुविधाले उच्च गुणस्तरका टाइलको बढ्दो मागलाई पूरा गर्न तथा ग्राहकहरूलाई एक उन्नत र उत्तम डिजाइन अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।
यस भव्य उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा संघीय सांसद सदस्य सन्तोष चालिसे ज्यूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो। कार्यक्रमलाई कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालको गरिमामय उपस्थितिले अझ थप भव्य र पूर्ण बनाएको थियो। यस अवसरमा मुख्य अतिथिले रिबन काटेर यो महत्वपूर्ण विस्तारको औपचारिक सुरुवात गरे। ‘यो सुरुवात केवल एउटा व्यवसायिक उद्घाटन मात्र होइन, यो आधुनिक र सुसज्जित काठमाडौंको हाम्रो दृष्टिकोणतर्फ एक ठुलो कदम हो। कजारियाको उपस्थिति यहाँको स्थानीय बजार र हाम्रा जनताप्रति राखिएको विश्वासलाई प्रतिबिम्बित गर्दछ,’ संघीय सांसद सन्तोष चालिसेले भने।
कजारिया रमेश टाइल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले अवसरमा बोल्दै कम्पनीले नवप्रवर्तन र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिएको बताए। ‘काठमाडौंमा नयाँ शोरूम खोल्दै हामी उत्कृष्ट डिजाइन, टिकाउपन र केही नयाँ ग्राहकहरूसम्म ल्याउँदैछौं। कजरिया सधैं गुणस्तरको लागि चिनिएको छ, र यो नयाँ शोरूम त्यसैको प्रमाण हो। हामी नेपालजस्तो विकासोन्मुख देशको यात्रामा सहभागी हुन पाउँदा खुशी छौं र यहाँका ग्राहकहरूसँग लामो सम्बन्ध बनाउने आशा राखेका छौं,’ उनले भने।काठमाडौंको जोरपाटीमा अवस्थित, यस नयाँ शोरूममा उच्च गुणस्तरका टाइलहरूको व्यापक संग्रह प्रदर्शित गरिएको छ, जसले ग्राहकहरूलाई पहुँच र सुविधा दुवै प्रदान गर्दछ।
कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४ हजारभन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०x१२० सेमी, ६० x ६० सेमी, १९.५x१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०x४० सेमी) र सिरामिक वाल टाइल्स (३०x६० सेमी, ३०x४५ सेमी) उपलब्ध गराउँछ।
यी सबै टायलहरू जलप्रतिरोधी तथा दाग प्रतिरोधी छन्, जसले कुनै पनि स्थानका लागि उत्कृष्ट टिकाउपन र दीर्घकालीन प्रदर्शन सुनिश्चित गर्दछ। गुणस्तर, टिकाउपन र नविन डिजाइनमा केन्द्रित रहँदै कजारिया नेपालमा लक्जरी जीवनशैलीको नयाँ मापदण्ड स्थापित गर्दै अघि बढिरहेको छ।

