काठमाडौं । मंगलबार सुनको मूल्य २ लाख ५ हजार ९ सय रुपैयाँ पुगेको छ । जुन हालसम्म कै उच्च मूल्य पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । सोमबार सुनको मूल्य २ लाख ५ हजार ३ सय रुपैयाँले कारोबार भएको थियो ।
यसैगरी मंगलबार चाँदीको मूल्यमापनि वृदि भएको छ । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले बढेर २ हजार ४८५ रुपैयाँ पुगेको छ । सोमबार चाँदी प्रतितोला २ अजार ४ सय ७० रुपैयामा कारोबार भएको थियो ।

