काठमाडौं । चालु आर्थिक वर्षको यसअवधिसम्म १८ वटा कम्पनीले आइपीओ प्रस्तावसहित साधारण सभा बोलाएका छन् । यी कम्पनीहरुले विभिन्न मितिमा वार्षिक साधारण सभा डाकेका छन् । जसमध्ये ६ वटाको साधारण सभा सम्पन्न भइसकेको छ ।
कालिन्चोक इन्भेष्टमेन्ट कम्पनीको सधारण सभा साउन २९ गते, फेदीखोलाको साउन ३० गते, लोबर मिड सावाखोलाको भदौ ६ गते, बेनी हाइड्रोपावरको भदौ ११ गते, सारथी केबलको भदौ ११ गते र सोपन फार्मास्युटिक्लसको साधारण सभा भदौ १५ गते सम्पन्न भएको छ ।
यी कम्पनीहरुले आइपीओ प्रस्तावसहित एजीएम डाकेका हुन् । बाँकी १२ वटाको साधारण सभा हुन बाँकी छ । गत वर्षपनि साधारण सभामा आइपीओ प्रस्ताव पेश गर्ने कम्पनीहरु उत्तिकै थिए । तीमध्ये धेरै जसोले अहिले धितोपत्र बोर्डसँग आइपीओ बिक्रीको अनुमति पर्खिरहेका छन् ।
यता, बोर्डका अनुसार हाल ७० भन्दा धेरै कम्पनीहरुले आइपीओ बिक्रीको लागि आवेदन दिएका छन् । त्यससँगै, केही कम्पनीहरुले बिक्री प्रबन्धक नियुक्त गरेर बोर्डमा आवेदन दिने तयारीमा छन् । त्यस्तै, केहीले आइपीओ ल्याउने प्रस्ताव सहित साधारण सभा बोलाएका छन् ।
नेपालको पुँजी बजार पछिल्लो समय निकै सक्रिय बन्दै गएको छ । यसकारण धेरै कम्पनीहरुले आफ्नो साधारण सभामा आइपीओ प्रस्ताव पनि पेश गर्ने गरेका छन् । कम्पनीहरुले पुँजी जुटाउनका लागि सेयर जारी गर्न लागेका हुन् ।
त्यस्तै, व्यवसाय विस्तार र प्रोजेक्ट फाइनान्सको लागि पनि कम्पनीहरुले सेयर जारी गर्न चाहेको देखिन्छ । विशेषगरी हाइड्रोपावर कम्पनीहरुले नयाँ आयोजना निर्माण, ट्रान्समिसन लाइन विस्तार वा थप लगानीका लागि ठूलो रकम आवश्यक हुन्छ । यस्तो रकम बैंक कर्जाबाट मात्र जुटाउन गाह्रो हुने भएकाले आइपीओ नै सहज विकल्प बन्न पुगेको हो ।
यसरी संकलित पुँजीले कम्पनीलाई दीर्घकालीन विकासमा सहयोग पुर्याउँछ । आइपीओ सहितको साधारण सभाको लहर पुँजी संकलन, व्यवसाय विस्तार, लगानीकर्ताको आकर्षणर जस्ता कारणले हो । आगामी दिनहरुमा पनि थप कम्पनीहरुले आइपीओ ल्याउने संकेत देखिन्छ, जसले नेपाली पुँजी बजारलाई थप गहिरो र व्यापक बनाउन मद्दत पुर्याउने अपेक्षा गर्न सकिन्छ ।
यी कम्पनीहरुले आइपीओ प्रस्तावसहित बोलाए साधारण सभा


