काठमाडौं । कजारिया टायल्सले मंगलबार “कजारियासँगै गृहप्रवेश, घुमौं देश विदेश” योजना घोषणा गरेको छ । यस चाडपर्वको अवसरमा ग्राहकहरूले दैनिक लक्की ड्र मार्फत आकर्षक बोट स्मार्टवाच जित्ने मौका पाउनेछन् । साथै, बम्पर उपहार स्वरुप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज प्याकेज पनि जित्न सकिनेछ ।
कजारिया टायल्सले घर सजावट तथा पुनर्निर्माणलाई अझ रोमाञ्चक र अर्थपूर्ण बनाउन यो उपभोक्ता योजना ल्याएको हो । ग्राहकले आधिकारिक डिलरबाट कम्तीमा १ हजार वर्गफिट काजारिया टायल्स खरिद गरेपछि यसमा सहभागी हुन सक्नेछन् ।
१ हजार वर्गफिट भन्दा बढी खरिद गर्ने ग्राहकहरू दैनिक लक्की ड्रमार्फत आकर्षक बोट स्मार्टवाच जित्न योग्य हुनेछन् । साथै, भाग्यमानी केही जोडीहरूले बम्पर उपहार स्वोरुप सम्पूर्ण खर्चसहितको सिंगापुर क्रुज भ्रमण अवसर पाउनेछन् । यो योजना भदौ १५ देखि कात्तिक १५ सम्म लागू हुनेछ र यस अवधिमा गरिएका सबै खरिद यस योजनामा सहभागी हुनेछन् ।
कजारिया रमेश टायल्स लिमिटेडका निर्देशक हिमांशु अग्रवालले भने, “दशकौँदेखि काजारिया विश्वास, गुणस्तर र उत्कृष्टताको उदाहरण बनेको छ । यो योजना हाम्रो ग्राहकहरूको अटल विश्वासप्रति धन्यवाद व्यक्त गर्ने माध्यम हो, जसले हामीले दिने उत्कृष्ट अनुभवप्रतिको हाम्रो प्रतिबद्धता झल्काउँछ।” उनले थपे, “यस चाडपर्वमा नजिकैको कजारिया टायल्स डिलरमा पुग्नुस्, आकर्षक कलेक्सनबाट रोज्नुस् र स्क्यान गरेर जित्नुस्, आफ्नो घरसँगै आफ्नो भाग्य पनि रूपान्तरण गर्नुस् ।”
विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४ हजार भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ ।
नेपालभर ४५ भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्कको साथ, कजारिया प्रिमियम टाइल्सको क्षेत्रमा एक परिचित नाम बन्न सफल भएको छ। कजारियाले विभिन्न प्रकारका ग्लेज्ड भिट्रीफाइड टाइल्स (६०*१२० सेमी, ६०*६० सेमी, १९.५ *१२० सेमी), हेभी ड्युटी ग्लेज्ड भिट्रीफाइड टाइल्स (४०*४० सेमी) र सिरामिक वाल टाइल्स (३०*६० सेमी, ३०*४५ सेमी) उपलब्ध गराएको छ ।

