RE
Global College

आज राती कोशी, तराई र बागमती प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पुर्वानुमान महाशाखाले जनाए अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी प्रदेश र मधेश प्रदेश लगायत देशको पहाडी भु-भागमा साधारणतया बदली रहि बाँकि भु-भागमा आंशिक बदली रहने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको  महाशाखाले जनाएको छ  । कोशी प्रदेशको तराई र बागमती प्रदेशका पहाडको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

NECO

Leave Your Comment

Related News