CLI

एसवाई प्यानल नेपाल लिमिटेडले पायो आईपीओको अनुमति

काठमाडौं । दक्षिण कोरियाली कम्पनीको सहायक कम्पनी एसवाई प्यानल नेपाल लिमिटेडले सेयर निष्कासन गर्ने अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले भदौ १७ गते कम्पनीलाई ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले सेयर निष्कासनका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

एसवाई प्यानल नेपाल दक्षिण कोरियाको SY CO. LTD. को सहायक कम्पनी हो । एसियाकै नम्बर १ प्यानल निर्माता मानिने यो कम्पनीले उच्च गुणस्तरका EPS र PUF स्यान्डविच प्यानलहरू उत्पादन गर्छ।

कम्पनीका अनुसार यी उत्पादनहरू लागत-प्रभावी, बलियो र कुशल हुनुका साथै अत्यधिक गर्मी वा चिसो हावापानीका लागि उत्कृष्ट इन्सुलेसन प्रदान गर्छन् । कम्पनीले भूकम्प प्रतिरोधी संरचनाका लागि डिजाइनदेखि निर्माणसम्मका सम्पूर्ण समाधानहरू पनि प्रदान गर्दै आएको छ।

यसका साथै, कम्पनीले कोरियाली स्यान्डविच प्यानल, यूपीभीसी झ्याल, स्टिल ढोका लगायतका सामग्रीहरू पनि उपलब्ध गराउँदै आएको छ।

 

Leave Your Comment

Related News