RE
Global College

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने

काठमाडौं । जल तथा मौसम विज्ञान बिभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको छ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भु-भागका केही स्थानहरूमा र तराई भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशको थोरै र लुम्बिनी प्रदेशको तराईको केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

आज राती कोशी प्रदेश, मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू‍भागमा आंशिक बदली रहने सम्भावना महाशाखाले जनाएको छ  । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले आज बिहान जारी गरेको मौसम पुर्वानुमा महाशाखाको बुलेटिनम उल्लेख छ ।

NECO

Leave Your Comment

Related News