काठमाडौं । संयुक्त उर्जा लिमिटेडले ४१ लाख ६० हजार कित्ता सेयर आइपीओ मार्फत बिक्री गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरमा ४१ करोड ६० लाख रुपैयाँ बराबरको साधारण शेयर निष्काशन गर्न लागेको छ । यसका लागि कम्पनीले बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
संयुक्त उर्जा लिमिटेडले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

