सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं । शुक्रबार सुनको मूल्य २ हजार ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुनको भाउ प्रतितोला २ लाख ७ हजार ९०० रुपैयाँ रहेको थियो ।

यसैगरी शुक्रबार  चाँदीको मूल्यमा पनि वृदधि भएको छ । शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार