काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले लाभांश घोषणा गरेको छ । यस क्यापिटलको भदौ १९ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ८.६३ प्रतिशत नगद लाभांश (कर सहित) र ४ प्रतिशत बोनस सेयर गरी जम्मा १२.६३ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
क्यापिटलले लाभांश प्रस्ताव पेश गर्न असोज १० गते साधारण सभा बोलाएको छ । सभा रोयल सिंगी होटेल, कमलादी काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । कम्पनीले सभामा लाभांश प्रस्ताव पेश गर्नछ । सभामा आर्थिक वर्ष २०८१-८२ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८२–८३ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डाहरु रहनेछन् ।


