शाही अनुमोदनपछि थाई टाइकुन अनुतिन चार्नविराकुलद्वारा प्रधानमन्त्रीको पदभार ग्रहण

बैङ्कक। थाई टाइकुन अनुतिन चार्नविराकुलले आइतबार प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । राजाको अनुमोदनसँगै उनी देशका नयाँ नेता बनेका हुन् । यससँगै कन्जरभेटिभ कार्यकालको नयाँ चरण सुरु भएको छ ।

“महामहिम राजाले अबदेखि अनुतिन चार्नविराकुललाई प्रधानमन्त्रीका रूपमा अनुमोदन गर्नुभएको छ”, थाइल्यान्डको संसद्को तल्लो सदनका महासचिव अर्पथ सुखानुन्थले बैङ्ककस्थित अनुतिनको भुमजाइथाई पार्टीको मुख्यालयमा आयोजित समारोहमा शाही आदेश वाचन गर्दै घोषणा गरे ।

अन्ठाउन्न वर्षीय अनुतिनले यसअघि उपप्रधानमन्त्री, गृह मन्त्री र स्वास्थ्य मन्त्रीका रूपमा सेवा गरिसकेका छन् । तर उनी विशेषगरी थाइल्यान्डमा सन् २०२२ मा भएको गाजा आपराधीकरण प्रक्रियाका प्रमुख योजनाकारका रूपमा चर्चित थिए ।

उनी २ वर्षको अवधिमा देशका तेस्रो प्रधानमन्त्री बनेका हुन् । तर उनले गठबन्धनको समर्थन त्यतिबेला मात्रै प्राप्त गरेका छण् जतिबेला उनले चार महिनाभित्र संसद् विघटन गरी नयाँ चुनाव गराउने सर्त स्वीकृत गरे।

अनुतिनले लोकप्रिय सिनावात्रा परिवारको फेउ थाई पार्टीलाई सत्ताबाट हटाए । सो पार्टीले सन् २०२३ को चुनावदेखि नै कार्यकारी सत्तामा पकड जमाइरहेको थियो । तर यसको वंशानुगत नेत्री पेटोङटार्न सिनावात्रालाई गत महिना अदालतको आदेशमार्फत प्रधानमन्त्री पदबाट बर्खास्त गरिएको थियो ।

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार