‘टिसिएल’ को दशैं तिहार अभियानले ल्यायो उत्सवको रौनक

काठमाडौं ।  नेपालका लागि ‘टिसिएल’ को आधिकारिक वितरक ‘सीजी इलेक्ट्रोनिक्स’  ले प्रतिक्षित  ‘ग्रेटनेस इन इभरी मुभमेन्ट, इन्स्पायर एभरी सेलिब्रेशन’  “Greatness in Every Moment, Inspire Every Celebration”   नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ। यस विशेष योजनामार्फत ‘टिसिएल’  ले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ।

अभियान अन्तर्गत ग्राहकहरूले रु २ लाख ८ हजार २०० सम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्। यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन् :

  • TCL Side-by-Side Refrigerator को खरिदमा निःशुल्क Water Dispenser
  • TCL को कुनै पनि Washing Machine को खरिदमा ६ केजी Ariel Detergent
  • TCL को Air Conditioner को खरिदमा निःशुल्क जडान सुविधा
  • ४३ इन्च वा सोभन्दा ठूलो TCL TV को खरिदमा ९ महिनाको NetTV को निःशुल्क सदस्यता

 

यो अभियान भाद्र १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ।

‘टिसिएल’  विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड मध्ये एक हो । स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण ‘टिसिएल’ विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ।

‘सीजी इलेक्ट्रोनिक्स’  नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण ‘टिसिएल’  उपभोक्ताहरूमाझ एक भरोसायोग्य नाम बनेको छ।

नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा  ‘सीजी इलेक्ट्रोनिक्स’  सँगै नेपाली ग्राहकहरुलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार