CLI

दमकमा कजारियाको नयाँ शोरूमको उद्घाटन

दमक । अग्रणी टाइल ब्रान्ड कजारियाले झापाको  अत्याधुनिक शोरूम उद्घाटन मार्फत नेपालभरि आफ्नो उपस्थिति थप सुदृढ गरेको छ। न्यू कोहिनूर ग्रेनाइट एण्ड टाइल्स द्वारा सञ्चालित यस नयाँ शोरूमले उच्चस्तरीय टाइलको बढ्दो मागपूर्ति गर्नुका साथै ग्राहकहरूलाई एक समकालीन, डिजाइन केन्द्रित खरिद अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

उद्घाटन समारोहमा दमक नगरपालिकाका मेयर राम कुमार थापाको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवालको समेत उपस्थित थियो । कार्यक्रमा मिस नेपाल वल्र्ड २०२५ सुश्री लुना लुइटेल र मिस नेपाल इन्टरनेशनल २०२५, उरुषा भण्डारी को उपस्थितिले दिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै, राम कुमार थापाले भने, “यो शोरूम संचालाना गुणस्तर र डिजाइनले कसरी हाम्रो घर र समुदायलाई रूपान्तरण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो । हामी दमकमा कजारियाको लगानीलाई स्वागत गर्दछौं, र यो शोरूमले हाम्रो क्षेत्रमा आन्तरिक सजावट समाधानहरूको स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने मलाई विश्वास छ।”

साथै कजारिया रमेश टाइल्स लिमिटेडका नर्देशक हिमांशु अग्रवालले कजारियाको ग्राहक–केन्द्रित दृस्टीकोणलाई उजागर गर्दै भने, “कजारियामा हाम्रो लक्ष्य सधैं अन्तर्राष्ट्रिय स्तरको गुणस्तर र डिजाइनलाई सबैको पहुँचमा ल्याउनु हो। यो शोरूम प्रेरणादायी बनाउने उद्देश्यले निर्माण गरिएको हो, जसले दमकका ग्राहकहरूलाई नवीन, टिकाउ र स्टाइलिश टाइलहरूको विस्तृत चयनसँग प्रत्यक्ष जोड्नेछ।”

कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ४,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू प्रस्तुत गर्दछ।

Leave Your Comment

Related News