CLI

९४ हतियार बरामद, जेल फोडेर भागेका १९२ कैदी पक्राउ

काठमाडौं । नेपाली सेनासहितका सुरक्षा कर्मीले विभिन्न स्थानबाट ९४ थान हतियार बरामद गरेको छ।

कारागाराबाट भागेका कैदी नियन्त्रणदेखि हतियार बरामद र शङ्कास्पद वस्तुको सुरक्षित डिस्पोजसम्मका कार्य गरिएको नेपाली सेनाले जनाएको छ।

सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १ सय ९२ जना कैदीलाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ।

त्यसैगरि कञ्चनपुरको चाँदनी क्षेत्रमा भारततर्फ भाग्न खोजेका सातजना कैदीलाई भारतीय सीमा सुरक्षा बलले नियन्त्रणमा लिई नेपाली सेनालाई बुझाएको छ।

एकजना कैदीलाई स्थानीयले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालयमा बुझाएका छन् भने १२ जना कैदी आफैँ कारागारमा फर्किएका सेनाले जनाएको छ।

सेनाको कारबाहीमा २ कैदीको मृत्यु
यसैबीच रामेछाप जिल्ला कारागारमा कैदीहरूले बाहिर निस्कन पाउनु पर्ने मागसहित गरेको झडपलाई नियन्त्रणमा लिन सेनाले गोली चलाउँदा २ जना कैदीको मृत्यु भएको छ भने १२ जना कैदी घाइते भएका छन्।

काभ्रेको बनेपा नगरपालिका–९ नयाँ बस्तीमा फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाले सुरक्षित तरिकाले डिस्पोज गरेको छ।

Leave Your Comment

Related News