काठमाडौं । जेन-जी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार मृतकको संख्या ३० पुगेको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले सिभिल अस्पतालमा ६ जना, नेश्नल ट्रमा सेन्टरमा ८ जना, एभरेष्ट हस्पिटलमा ३ जना, काठमाडौं मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा २ जना, शिक्षण अस्पताल महाराजगञ्जमा १, फ्रन्टलाइन हस्पिटलमा ३ जनाको उपचारको क्रममा मृत्यु भएकोछ। उपत्यकामा मृत्यु भएकाहरुको शवलाई पोस्टमार्टमकालागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
यस्तै, उपत्यकाका बाहिर अस्पतालमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा २ जना र बाँकेको भरी अस्पतालमा ५ जना गरी ७ जनाको मृत्यु भएको प्रवक्ता बुढाथोकीले जानकारी दिए । बाँकेमा मृत्यु भएका ५ जना भने नौबस्तामा रहेको क्षेत्रीय कारागार तथा बाल सुधार गृहका बालविजयकर्ताको हुन्। कैदीबन्दी भाग्दा कारागार र बालसुधार गृहमा खटिएको सशस्त्र प्रहरीले कारबाही गर्दा ५ जनाको मृत्यु भएको हो ।

