काठमाडौं । भदौ २३ गतेदेखि सुरु भएको जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । आज भदौ २७ गतेसम्म मृतकको संख्या ५१ पुगेको हो । प्रदर्शन सुरु भएको दिन भदौ २३ गते १९ जनाको मृत्यु भएको थियो । हालसम्म १ हजार बढी घाइतेहरू अस्पतालमा उपचाररत छन् । केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान छ ।
जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो

