सर्वोच्च अदालतद्वारा लुटपाट गरिएका सामग्री फिर्ता गर्न सार्वजनिक सूचना जारी (सूचनासहित)

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडका क्रममा लुटपाट गरिएका सामाग्री फिर्ता गर्न सर्वोच्च अदालतले सूचना जारी गरेको छ।

अदालतको अभिलेख शाखाबाट महत्वपूर्ण ऐतिहासिक दस्तावेजहरू नष्ट भएका छन् भने कम्प्युटर, ल्याप्टप, प्रिन्टर, मोटरसाइकल, साइकल टेलिभिजनलगायतका सामग्रीहरू चोरी भएका छन्।

अदालतको प्रशासन शाखाका अनुसार, दराज र घर्राहरू तोडफोड गरी कम्प्युटर र टेलिभिजनहरू चोरिएको पाइएको छ।

सर्वोच्च अदालत प्रशासनले हराएका वा लुटिएका सामग्रीहरू यथाशीघ्र सम्बन्धित अदालतमा फिर्ता गर्न सार्वजनिक अपिल गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार