सुनको भाउ घट्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेर २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाला सुन प्रतितोला २ लाख १५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर २ हजार ५७० रुपैयाँमा खरिदबिक्री भईरहेको छ । गत शुक्रबारको बजारमा चाँदी २ हजार ५६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार