CLI

गृहमन्त्री अर्यालको पहिलो निर्णय : शोक दिवस मनाउने, मृतक परिवारलाई एक लाख उपलब्ध गराउने

काठमाडौं । सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइनेछ।

शोक दिवस मनाउने समय भने मन्त्रिपरिषद्ले तय गर्ने छ। यस्तै गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजकिरिया खर्चका लागि तत्काल एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

Leave Your Comment

Related News