काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पार्टी कार्यालय बनाउने उद्घोष गरेका छन् । मंगलबार (भदौ ३१) पेरिसडाँडास्थित क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको अवलोकनपछि उनले भव्य भवन बनाइने बताएका हुन् ।
“पार्टीको नयाँ कार्यालय भवन सिंगो पार्टीपंक्ति, देशभित्र र बाहिरका सबै पार्टी सदस्यका सहयोगमा भव्य भवन बनाइनेछ,” उनले भने ‘जेनजी’को प्रदर्शनका क्रममा यही भदौ २४ गते माओवादी कार्यालयमा तोडफोड र आगजनी गरिएको थियो । आन्दोलनपछि पहिलोपल्ट सार्वजनिक हुँदै प्रचण्ड पार्टी कार्यालय पुगेका हुन् ।

