सहिदहरूलाई अन्तिम बिदाइ गर्न मन्त्रीद्वय पशुपतिमा

काठमाडौं । जेनजी आन्दोलनमा वीरगति प्राप्त गरेका सहिदहरूलाई अन्तिम बिदाइ गर्न ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओम प्रकाश अर्याल पशुपति आर्यघाट पुगेका छन् । सहिदलाई राजकीय सम्मानका साथ अन्त्येष्टि गर्न पशुपति लगिएको हो ।

यसअघि, त्रिवि शिक्षण अस्पतालबाट १० जना सहिदको पार्थिव शरीर नगर परिक्रमासहित एयरपोर्ट र पशुपति लैजानको लागि शव यात्रा निकालिएको थियो ।

यी १० पार्थिव शरीरमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिनेछ भने बाँकी ६ पार्थिव शरीर सेनाको हेलिकप्टरबाट सहिदहरूको जन्मथलो लगिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार