CLI

उद्योगी व्यवसायीद्वारा शान्ति पदयात्रा

कास्की । दिगो शान्तिको कामना एवं व्यावसायिक सुरक्षाको प्रत्याभूतिका निम्ति पोखरामा आज मौन शान्ति पदयात्रा निकालिएको छ। पोखरा उद्योग वाणिज्य सङ्घ र लेखनाथ उद्योग वाणिज्य सङ्घको आयोजनामा यहाँका उद्योगी–व्यवसायीले पदयात्रा गरेका हुन्।

सङ्घको सचिवालय गैह्रापाटनबाट सुरु भएको उक्त पदयात्रा महेन्द्रपुल, चिप्लेढुङ्गा, न्यूरोड हुँदै पृथ्वीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले व्यावसायिक वातावरण निर्माण गर्न आग्रह गरे। “शान्ति बिना व्यावसायिक वातावरण निर्माण हुन सक्दैन्, व्यवसायीको आत्मबल बढाउन जरुरी छ,” उनले भने। विषम परिस्थितिमा संयमित हुन उनले उद्योगी र व्यवसायीलाई आग्रह गरे।

Leave Your Comment

Related News