हिमालयन हाइड्रोपावरको साधारणसभा आह्वान, शतप्रतिशत हकप्रद घोषणा

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले आफ्नो चुक्ता पुँजी दोब्बर बनाउन शतप्रतिशत हकप्रद सेयर जारी गर्ने तयारी गरेको छ। यसका लागि कम्पनीले साधारण सभा आव्हान गरेको छ ।

कम्पनीको ११औँ वार्षिक साधारण सभा असोज २४ गते पोखराको लेकसाइडस्थित वाटरफ्रन्ट रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुने भएको छ। सभामा हाल कायम चुक्ता पुँजीअनुसार १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिनेछ।

त्यसैगरी, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन छलफल गरी स्वीकृत गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, नयाँ लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक तोक्नेजस्ता अन्य एजेण्डामाथि पनि निर्णय हुने कम्पनीले जनाएको छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज १२ गते एक दिन बुकक्लोज गर्नेछ। यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा सेयर कायम गरेका लगानीकर्ताले हकप्रदमा आवेदन दिन र साधारण सभामा सहभागी हुन सक्नेछन्।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार