एउटा बैंक र ४ वटा म्युचुअल फन्डको मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एउटा बैंकको सेयर र ४ वटा म्युचुअल फन्डहरुको इकाई मूल्य समायोजन भएको छ । माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई ब्यालेन्स फण्ड -१, हिमालयन ८०–२०, एनआईबीएल ग्रोथ फण्ड,  मेगा म्युचुअल फण्ड -१ को भाउ समायोजन भएको हो ।

माछापुच्छ्रे बैंक लिमिटेडको ४  प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछिको मूल्य २३८.८२ रुपैयाँ कायम भएको छ । यस कम्पनीको क्लोजिङ प्राइस २४८.३७ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

ग्लोबल आइएमई ब्यालेन्स फण्ड-१ को १२ प्रतिशत लाभांशमा मूल्य समायोजन भएको छ । समायोजनपछिको भाउ ९.८६ रुपैयाँ कायम भएको छ । यता, हिमालयन ८०–२० को १६.१६ प्रतिशत  नगद लाभांशमा मूल्य समायोजन भएको छ । समायोजन पछिको मूल्य १०.५७ रुपैयाँ कायम भएको छ ।

एनआईबीएल ग्रोथ फण्डको १०  प्रतिशत नगद लाभांशमा भाउ समायोजन भएको छ । समायोजन पछि यसको रेट ८.६४ रुपैयाँ कायम भएको छ  । मेगा म्युचुअल फण्ड -१ को ११.७५ प्रतिशत लाभांशमा मूल्य समायोजन गरिएको छ । भाउ समायोजन पछिको यसको मूल्य ८.५८ रुपैयाँ कायम भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार