काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ९ सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख १६ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको मूल्यमा ३० रुपैयाँ ले घटेको छ। बिहीबार चाँदी तोलाको २ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलाको २ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

