विदेशमा रहेका नेपालीले पनि मतदान गर्न पाउने

काठमाडौं । सरकारले आगामी प्रतिनिधिसभा निर्वाचनमा विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने व्यवस्था मिलाउने भएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबार निर्वाचन आयोगमा छलफल गर्दै कम्तीमा पनि समानुपातिकतर्फ भने पनि मतदानको व्यवस्था मिलाउनुपर्ने बाध्यता रहेको बताए ।

उनले निर्वाचन आयोगले यसको गाँठो फुकाउनुपर्ने र सरकारले आवश्यक अध्यादेश ल्याउने बताए । उनले सर्वोच्च अदालतको आदेशबमोजिम पनि सकेसम्म सबै देशमा रहेका नेपालीलाई मतदानको अवसर दिलाउने बताए । नभए पनि सम्भव हुने देश र सहरमा मतदानको व्यवस्था मिलाउने भन्दै सम्बन्धित देशका दूतावासमा मतदानको व्यवस्था मिलाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार