RE
Global College

संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ : कृष्णप्रसाद सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् पुनःस्थापनाको मागलाई पार्टीको प्रमुख मुद्दाका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरेका छन्। आज पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटनलाई असंवैधानिक भन्दै त्यसविरुद्ध संघर्ष गर्नु पार्टीको मुख्य एजेन्डा बन्नु पर्ने बताएका हुन्।

सिटौलाले पार्टी बैठकमा राखेको धारणा उदृत गर्दै सहभागी एक नेताले भने, ‘संसद् विघटन संविधान अनुसार छैन । संसद् विघटनलाई पार्टीले असंवैधानिक भनिसकेपछि ससद् पुर्नस्थापना हाम्रो प्रमुख माग हुनुपर्छ ।’

उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे अन्य राजनीतिक दलहरूसँग संवाद गर्ने निर्णय गरेको छ। साथै, बैठकमा केन्द्रीय समिति बैठक चाँडै बोलाउने विषयमा पनि छलफल गरिएको छ।

NECO

Leave Your Comment

Related News