हुम्ला । भदौ २४ गते भएको जेन-जी आन्दोलनमा गएका हुम्लाको नाम्खा गाउँँपालिका–३ खगालगाउँ थुक्तेन पाल्वर तामाङ ११ दिनदेखि बेपत्ता रहेका छन्।
काठमाडौँको तीनचुलीमा बस्दै आएका तामाङ भदौ २३ गते जेन-जी प्रदर्शनमा सहभागी भएर कोठा फिर्ता भएका थिए। होटेलमा काम गर्दै आएका लामा २४ गते बिहानी सिफ्टको काम सकाएर दिउँसो २ः०० बजेतिर प्रदर्शनमा गएकोमा हालसम्म सम्पर्कमा आएका छैनन्।
बुबा टसी छिरिङकाअनुसार हालसम्म काठमाडौँका विभिन्न ठाउँहरूमा खोजी भइसकेको छ। बौद्धमा भएको आन्दोलनमा सहभागी हुन कोठाबाट निस्केका छोरा नफर्किएपछि खोजी गरिदिन उनको आग्रह छ।
उनका दुई छोरामध्ये बेपत्ता भएको छोरा कान्छो हुन्।

