तुइनखोलामा फेरि खस्यो पहिरो, राजमार्ग पूर्ण अवरुद्ध

काठमाडौं । तुइनखोलामा मंगलबार दिउँसो एक बजेदेखि निरन्तर ढुंगासहित पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडक ठप्प भएको छ । ढुंगा झरेको झर्‍यै भएपछि काम सुरू गर्न सिएको छैन ।

पहिरो ठूलो नभए पनि ढुंगा झर्न नरोकिँदा सफा गर्न नसकेको हो । दिउँसो पौने चार बजेसम्म पनि निरन्तर ढुंगा झरिरहेका छन् ।

तुइनखोलामा शुक्रबार साँझ पहिरो जाँदा ४५ घण्टापछि आइतबार दिउँसो एकतर्फी बाटो खुलेको थियो । हिजो स‍ोमबार साँझबाट दुईतर्फी नै बाटो खुलेको थियो । तर सडक मााथिबाट बेला बेलामा ढुंगा र पहिरो खस्न छाडेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार